उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
चलचित्र निर्माता संघका उपाध्यक्ष गोविन्द शाही पदबाट बर्खास्त हुने भएका छन् । उनलाई यो पदबाट बर्खास्त गर्ने निर्णय चलचित्र निर्माता संघको कार्यसमिति बैठकले गरेको हो । बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको भए पनि पत्र भने काटि नसकेको विशेष स्रोतले जनाएको छ ।
यसको बारेमा निर्माता संघले पत्रकार सम्मेलन गरेर आधिकारिक रुपमा जानकारी गराउने भएको छ । गोविन्दमाथि चलचित्र निर्माता संघको बैठकमा उपस्थित नभएको, संघ संस्थामा बसेर निर्मातासँग नै लफडा गरेको उजुरी परेपछि संस्थाको विधान अनुसार उनलाई पदबाट बर्खास्त गर्ने निर्णय भएको विशेष स्रोतले जनाएको छ ।
केही समय अगाडि गोविन्द शाहीले एक निर्मातालाई आफूले वितरण गरेको सिनेमासँग आफ्नो सिनेमा जुधाएको भन्दै सार्वजनिक कार्यक्रममै हात हालेका थिए । यतिमात्रै हैन चलचित्र संघमा पनि उनले वितरक गोपाल काजी कायस्थमाथि हात हालेका थिए ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।