नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – मलेसियामा नेपाली कामदार जुन जुन ठाउँमा रहेर काम गर्छन्, ती क्षेत्रमा नेपाली रेष्टुराँ खुलेका छन् । नेपालमै पाइने खालका फेन्सी सामान पाइने पसल पनि छन् । त्यस्तै मध्येको एउटा ठाउँ हो जोहोरबारुको गेलाङपाता ।
जहाँ उत्पादनमुलक क्षेत्रमा काम गर्ने धेरै नेपाली भेटिन्छन् । हप्ताभरी काम गरेर छुट्टी मनाउन धेरैजसो नेपाली कामदार खानपान र भेटघाट गर्न नेपाली रेष्टुँरा पुग्छन् । गेलाङपातामा मोरङको विराटनगर महानगरपालिका २० रानीका बेदना श्रेष्ठको रेष्टुराँ र फेन्सी पसल छ ।
६५ हजार रिंगिट (१६ लाख ५० हजार रुपैयाँ, त्यसबेलाको सटही दर अनुसार) लिएर सन् २०११ मा मलेसिया पुगेकी बेदनाको पसलमा ६ जना नेपाली सहित ८ जनाले रोजगारी पाएका छन् । सुरुमा रोजगारीका लागि सिंगापुर पुगेकी बेदना मलेसियामा भने व्यवसायी बन्नुभएको छ ।
भीसा नविकरण गरिदिएको भए बेदना यतिबेला बेला सिंगापुरमा भेटिनुहुन्थ्यो । तर भीसा नविकरण नभएपछि उहाँ ४ वर्ष रोजगारी गरेको देश सिंगापुरको बसाई टुंग्याएर नेपाल फर्कनुभयो । सिंगापुरमा बेदनाको काम थियो रेष्टुराँमा ।
काम र कमाई चित्तबुझ्दो भएपनि सिंगापुर सरकारले भीसा नदिएपछि उहाँ नेपाल फर्कनुभयो । यो सन् २०११ को कुरा थियो । १० वर्षको विदेश बसाईले उहाँलाई कामदार हुँदै व्यवसायी बनाएको छ ।
सिंगापुरबाट फर्केपछि उहाँको मन नेपालमा अडिएनन् । त्यसै साल उहाँ मलेसियाको जोहोरबारु पुग्नुभयो । यो पटक भने उहाँ काम गर्न नभएर व्यापार गर्न उहाँ सात समुन्द्र पारी पुग्नुभएको थियो ।
तर अहिले पनि दूरीका हिसावले बेदना सिंगापुर भन्दा धेरै टाढा हुनुहुन्न । जोहोरबारुको गेलाङपातामा बेदनाको व्यापार छ । पारीपट्टि सिंगापुर । सिंगापुरको कमाई र घरबाट थोरैतिनो रकम थपथाप गरेर व्यापार गर्न मलेसिया छिरेको गएको अगष्टमा ६ वर्ष पूरा भयो ।
सर्लक्कै परेको सडकले जोहोरबारुको सेन्ट्रल र गेलाङपातालाई जोड्छ । तर ती दुई ठाउँको चमकधमक भने फरक छन् । सेन्ट्रलको जस्तो भिडभाड तामानपुत्रीमा छैन । तर सेन्ट्रलमा खुलेका र गेलाङपातामा रहेको बेदनाको रेष्टुराँको भिडभाड भने उस्तै उस्तै छ ।
पछिल्ला दिनमा रोजगारी गर्न विदेश जाने महिलाको संख्या बढिरहेको छ । असुरक्षाका कारण भन्दै सरकारले घरेलु काममा जान रोकेपनि अरु काममा जस्तै, उद्योग मजदुर, होटल, कृषि जस्ता क्षेत्रमा नेपाली महिला रोजगारी गर्न विदेश गइरहेका छन् ।
बेदना जस्तै विदेशमा व्यापार गर्ने महिलाको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार झण्डै दुई लाख जना महिलाले रोजगारीका लागि विदेशमा काम गर्न जान अन्तिम श्रमस्वीकृति लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।