कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
दाङ - जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका सुबास पुनका परिवारले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
कार्तिक ३० गते प्यूठानको स्वर्गद्वारी घुम्न गएका सुबास पुनको शव पुस २ गते घोराही उपमहानगरपालिका—१९ को सैघामा फेला परेको थियो । अहिले पुनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
सुबाससँगै घुम्न गएका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।
परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा चार जनाको नाममा किटानी जाहेरी दिएका थिए । यस्तै परिवारजनले शवको पोष्टमार्टम गर्नसमेत अस्वीकार गर्दै आएका छन् । घटनाका बारेमा सत्यतथ्य अनुसन्धान नहुदासम्म शव नबुझ्ने परिवारले जनाएको छ ।
यस्तै पक्राउ परेकाहरुसँग आवश्यक छानबिन र साेधपूछ भइरहेको प्रहरीले जनाएको छ । सुबाससँगै अन्य नौ जना स्वर्गद्वारी घुम्न गएका थिए । सुबास बाटोबाटै बेपत्ता भएका थिए भने नौ जना घर फर्किसकेका छन् ।।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।