राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
दाङ – शुक्रबार बेलुकी दाङ दुर्घटनामा परि मृत्यु भएका सातजनाको शवलाई शनिबार अपराहन्न हेलिकप्टर मार्फत जुम्ला लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत दिउँसाे चार बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो । दाङको तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट बाट उनीहरुको शव जुम्ला लगिएको हो ।
जुम्ला चन्दनाथ नगरपालिका वडा नम्बर १४ निवासी १९ वर्षीय रिपेन्द्र शाही, चन्दनाथ नगरपालिका १० निवासी १६ वर्षीय रुपेश शाही, चन्दनाथ ननगरपालिका ३ निवासी १६ वर्षीय देवीप्रसाद उपाध्याय, जुम्ला चन्दनाथ नगरपालिका १० निवासी १७ वर्षीया बिपना खत्री, जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ निवासी १९ को वर्षीय रमेश उपध्याय, जुम्ला रारालिखि गाउँपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय जंगबहादुर बुढा र डोल्पा जगदुल्ला गाउँपालिका ५ निवासी १६ वर्षीय गजेन्द्र एडीको शव हेलिकप्टरमार्फत जुम्ला लगिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।