मौसम : पश्चिमी वायुको प्रभावले आज र भोलि आंशिक बदली हुने

 पुष ११, २०७५ बुधबार ७:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि माथिल्लो हिमाली क्षेत्रका विद्यालय बन्द छन् भने काममा निस्कनेलाई पनि समस्या भएको छ । 

जुम्लाको तापक्रम माइनस ७ दशमलव २, जीरीको माइनस ३ दशमलव २ डिग्री र जोमसोमको माइनस २ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको भने बुधबार बिहानको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । 

पश्चिमी वायुको प्रभावले बुधबार पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । बुधबार पश्चिमी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार बुधबारभन्दा बिहीबार देशभरी कै मौसम बदली भइ केही ठाउँमा पानी पर्ने संभावना छ । 


 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया