नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं– वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकारले कुनै निर्णय नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो ।
व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्राप्त संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले सरकारी तबरबाट कुनै नर्णय नभएको प्रष्ट पारेको छ ।
जापान पठाउने भन्दै कुनै व्यक्ति, संस्था वा कम्पनीहरुले गरेको सबै क्रियाकलाप गैरकानुनी भएको विभागले जनाएको छ । सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र गरिरहेको भन्दै विभागले युवालाई आग्रह गरेको हो ।
जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने विभागको सूचनामा उल्लेख गरेको छ । सरकारले यस विषयमा केही आधिकारिक निर्णय नगरेको पनि विभागको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Govinda Adhikari
Jan. 2, 2019, 7:10 p.m.BBC Nepali बाट प्रशारण भएको न्युज पनि फेक हो? सुचिमा नेपाल पनि पर्यो भनेर आएको होईन ?