पोखराको हट एयर बलुनको फाइदा, गोपी प्रचारको काइदा

 पुष १९, २०७५ बिहीबार १३:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र गाेपीले प्रचार प्रसारका लागि हट एयर बलुनकाे प्रयाेग गरेकाे छ ।

यसलाई पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनपाउन थालिएको अनेकौं नयाँ तरिकाहरु मध्येकाे एक मान्न सकिन्छ । 

आउँदो माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचारलाई व्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ । केही समय अगाडिमात्र नेपाल भित्रिएको नेपालकै एकमात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।

पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुनमार्फत गरेका हौँ, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।

केहि समयअघि चलचित्र युनिटले प्रचारात्मक शैलीमा नै कविता प्रतियोगिता सञ्चालन गरेको थियो । कविता प्रतियोगिताको विजेतालाई माघको दोस्रो साता पुरस्कृत गर्ने बताइएको छ । 

फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तलगायतको मुख्य भूमिका रहेको छ । फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।  
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया