नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीकाण्डौ कि २२ वर्षीया हिरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।
अपाङ्गता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता भएकी हिरा हिँड्डुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरले बताउनुभयो । अपाङ्गता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको हिराका बुवा पूर्ण बोहराले बताउनुभयो ।
जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेको उहाँले बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू निकै खुशी भएको हिरा बोहराले बताउनुभयो ।
पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था पनि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडी, दशरथचन्द नगरपालिका वडा नमबर २ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।
हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । करिश्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको हो । आफूहरुलाइ पढ्ने ठूलो धोको रहेकोले घरमै पढ्न पाउँदा निकै खुशी भएको करिश्मा बोहराले बताउनुभयो ।
संविधानमै शिक्षाबाट कोही पनि बञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो ।
पूर्णबहादुर बोहराका ४ छोराछोरीमध्ये ३ छोराछोरीहरु अपाङ्गता भएका छन् । १० वर्षीया जयन्त बोहरा, १५ वर्षीया करीश्मा बोहरा र २२ वर्षीया हिरा बोहरा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।