नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - जनकपुरमा विद्युत कार्यालयको लापरवाहीका कारण दुईजनाको करेन्ट लागेर ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका-१२ कुवारामपुरमा रहेकाे नारी विकास केन्द्र नजिक शनिबार बिजुलीकाे खम्बाबाट अर्थिङ्ग दिइएकाे तारमा करेन्ट लागेर धनुषाको मिथिला विहारी नगरपालिका मथलेश्वर, मौवाहीका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिका-४ थलहाका २६ वर्षीय जगरनाथ साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेमा विष्णुपुर गाउँपालिका थलहाका सूर्यनारायण ठाकुर रहेका छन् ।
मृतक दुवैजना जग्गा व्यापारी रहेको र जग्गा निरीक्षण गर्ने क्रममा एकजनाले बिजुलीकाे खम्बासँगै राेकिराखेकाे ज.९ प ७७०९ नम्बरको मोटरसाइकल चलाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको अर्थिङ्ग तारमा माेटरसाइकलले छुँदा करेण्ट लागेर छटपटाइरहेको अवस्थामा अर्का जग्गा व्यापारीले बचाउन खोज्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मृतक दुवैजनाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चअ अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।