विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न, आज मटकोर
मंसिर २०, २०८१ बिहिबार
सोलुखुम्बु – सखुंवासभाको मकालु आधार शिविरमा अलपत्र परेका सोलुखुम्बुका–४ पर्वतारोहीकोे उद्धार कार्य असफल भएको छ ।
मौसम प्रतिकूलताका कारण काठमाण्डौबाट हेलिकप्टर जान नसक्दा आज गरिने भनिएको उद्धार कार्य असफल भएको हो । ‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका सोलुखुम्बु, पासाङ ल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा आधारशिविरबाट सम्पर्कविहीन बनेका थिए ।
उनीहरु बिहीबार साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएका थिए ।
३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए ।
उनीहरुलाई आज हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लैजाने भनिए पनि सो क्षेत्रमा आजबाट पुन हिमपात भएकाले उद्धार प्रयास असफल भएको उनीहरुलाई पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाले बताउनुभयो ।
करिब एक महिना पुग्ने खानेकुरा सहित पदयात्रामा निस्किएकाले मौसममा सुधार नभएसम्म उनीहरु त्यसै ठाउँमा बस्ने ट्रेकिङ कम्पनीले जनाएको छ ।
उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।