उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शुक्रबारबाट नेपाल प्रशासनिक स्टाफ कलेजमा ‘यल इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ (इफ) को पहिलो संस्करण सुरु भएको छ । नसुनिएका आवाज र कथाहरु भन्ने नाराका साथ इफले आफ्नो पहिलो फिल्म फेस्टिभल आयोजना गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घण्टी बजाएर चलचित्र महाेत्सवकाे उद्घाटन गर्नुभएको थियो । फेस्टिभलका निर्देशक निशा श्रेष्ठले कार्यक्रमको बारेमा बोलेपछि निर्णायक मण्डलमा रहनुभएका फ्रान्सका ओस्कार पुरस्कार विजेता मार्क बासेटले फेस्टिभलको बारेमा आफ्नो विचार राख्नुभयो । उहाँले फेस्टिभलको पहिलो संस्करणलाई सयौं संस्करणसम्म निरन्तरता दिनुहोला भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमको सुरुवाति फिल्मको रुपमा डकुमेन्ट्री ‘अन हर सोल्जर’ देखाइएको थियो । अलेक्जेण्डर बोम्बाचले निर्माण गरेको यो डकुमेन्ट्री नोबेल पुरस्कार विजेता नादिया मुरादको संघर्षमा आधारित छ ।
इफको अध्यक्षमा चर्चित नायिका मनिषा कोइराला भए पनि उद्घाटन समारोहमा उहाँको उपस्थिति हुन सक्नु भएन । यस्तै नेपाली चलचित्रकर्मी मिथिला शर्मा, धिरेन शाक्य, लेखक महेशविक्रम शाह र अर्चना थापा कार्यक्रमको सल्लाहकारको रुपमा रहनुभएको छ ।
निर्णायक मण्डलमा फ्रान्सका ओस्कार पुरस्कार विजेता मार्क बासेट, ग्लोबल सिनेमा तथा क्रियटिभ कल्चरकी प्राध्यापक बुल्गेरियाकी डिना लोर्दानोभा र थाइल्याण्डका फिल्म निर्देशक टोम वालर रहनुभएको छ ।
तीन दिनसम्म चल्ने यस फेस्टिभलमा १५ देशका जम्मा ३७ वटा फिल्महरु प्रदर्शन गरिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।