हाम्रो चलचित्रको प्रतिस्पर्धा र बलिउड र हलिउडसँग मात्रै हुन्छ : भुवन केसी

 माघ २०, २०७५ आइतबार १५:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भएसँगै चलचित्रको चर्चा बढेको छ । 

चलचित्रको ट्रेलरलाई नेपाली दर्शकले रुचाएका छन् । फागुन २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण भुवन केसीले गरेका हुन् । 

त्यही दिन चलचित्र द ब्रेकअप पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ । अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो चलचित्र क्याप्टेनसँगै रिलज हुन लागेको चलचित्र द ब्रेकअपलाई सफलताको शुभकामना दिएका छन् । 

उनले नेपाली चलचित्र आफ्नो चलचित्रको प्रतिस्पर्धी बन्न नसक्ने भन्दै हलिउड तथा बलिउड चलचित्र मात्र आफ्नो चलचित्रको प्रतिस्पर्धी भएको प्रतिक्रिया दिए ।

‘उहाँहरु हामीसँगै प्रदर्शनमा आउँदै हुनुहुन्छ, तर यसलाई हामीले प्रतिस्पर्धा  मानेका छैनौ ।’ चलचित्रका निर्माता केसीले भन्नुभयो, ‘एक नेपाली चलचित्र अर्को नेपाली चलचित्रको प्रतिस्पर्धी कसरी हुन सक्छ ? हामीले विदशी चलचित्रलाई विस्थापित गर्न सक्नुपर्छ र हाम्रो प्रतिस्पर्धा भनेको विदेशी चलचित्रसँग हो ।’

चलचित्र क्याप्टेन फुटबलको कथामा आधारित चलचित्र हो । आफूले निर्माण गरेको चलचित्रले नेपाली खेलाडी तथा खेलप्रेमीहरुलाई प्रोत्साहन गर्ने निर्माता भुवन केसीको भनाइ छ ।

चलचित्र क्याप्टेनको कथा दिवाकर भट्टराईले लेखेका हुन् भने निर्देशन पनि भट्टराई आफैले गरेका छन् ।  

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया