नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बिहीबार कोरियन वन र दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहति रियाल, रिंगिट र दिर्हामको भाउ भने आज घटबढ भएको छैन।
बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा थियो ।
बिहीबार साउदी रियालको भाउ बढेको छैन । बुधबार जस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ ।
यस्तै आज कतारीरियाल र यूएई दिर्हाम पनि स्थिर छ । कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा छ ।
त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको छ । मलेसियन रिंगिटको भाउ पनि बुधबार जस्तै आज बिहीबार बढेको छैन ।
बिहीबार दिनार र कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा थियो ।
कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रपैयाँ २४ पैसा छ । हिजो एक सयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रपैयाँ २६ पैसा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।