नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा सँगै काम गर्ने महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा एक नेपालीलाई ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ ।
मलेसियाको तमान मयङ केलाङजयामा रहेको केक फ्याक्ट्रीमा काम गर्ने प्रताप थोकरले महिला सहकर्मीको भित्री बस्त्र ‘ब्रा’ को फिता तानेको भन्दै त्यहाँको अदालतले ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने फैसला सुनाएको हो ।
कम्पनीमा काम गर्ने क्रममा प्रतापले मलेसियाकै नागरिक रहेकी सहकर्मी महिलालाई बोलाएका थिए । धेरै पटक बोलाउँदा पनि ती महिला सहकर्मीले वास्ता नगरेपछि प्रतापले उनको ‘ब्रा’ को फिता तानेको बर्नामाको खबरलाई उल्लेख गर्दै मलेसियाको अनलाइन द स्टारले लेखेको छ ।
ती महिलाले प्रतापविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । ती महिलाको पक्षबाट वकालत गर्दै आलिया सुमाया अमरानले प्रतापले महिला सहकर्मीमाथि यस्तो व्यवहार गरेर कम्पनीको काम गर्ने वातावरण खलबलाएको भन्दै हदैसम्मको सजाय माग गरेकी थिइन् ।
मलेसियाको कानुनको दफा ५०९ का अनुसार यस्तो कसुरलाई गर्नेलाई बढीमा पाँच वर्षको जेल, जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । महिलाको पक्षमा आलिया सुमाया अमरानले वकालत गरे पनि प्रतापको पक्षबाट वकालत गर्ने कोही नभएकाले उनले आफैं आफ्नो बचाउ गरेका थिए ।
उनले आफूले पटक पटक बोलाउँदा पनि वास्ता नगरेपछि ध्यान आफूतिर खिच्न मात्रै त्यस्तो गरेको बताएका छन् । उनले जरिबाना तिरे, नतिरेको भने खबरमा उल्लेख छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।