युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
यूएई – यूएईमा कार्यरत नेपालीहरुले कामदारले ल्याएका स–साना सामानमा सरकारले किन आँखा गाडेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रश्न गरेका छन् ।
यूएईमा रहेको नेपाली दूतावासले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले विदेशबाट फर्किएका नेपालीले ल्याएको सामानमा त्रिभुवन विमानस्थलको भन्सारमा भइरहेको कडाइका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तस्करको क्विन्टल सुन पास हुने तर विदेशमा काम नेपालीले भित्र्याएको सामानमा सरकारले आँखा किन गाडेको भन्दै प्रश्न गरेका हुन् । सरकारले लचकता अपनाएर तत्काल समस्या समाधान गर्न मन्त्री पण्डितमार्फत सरकारलाई आग्रह पनि गरेका छन् ।
सहभागीको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले भन्सारमा भइरहेको कडाइका बारेमा सरकारले सम्बोधन गर्ने आश्वासन दिनुभयो । ‘अहिले पुरानो ऐन मात्रै कार्यान्वयन गरिएकोले समस्या देखिएको छ, यस विषयलाई सरकारले सम्बोधन गर्नेछ,’ उहाँले भन्नुभयो ।
आफू मन्त्री भएपछि अध्यागमनको सेटिङ हटाउन पुराना कर्मचारी हटाएर ६० प्रतिशत नयाँ कर्मचारी अध्यागमन विभागमा ल्याएको पनि उहाँले स्मरण गर्नुभयो ।
मन्त्री पण्डितलाई भिजिट भिसामा भइरहेको मानव तस्करी नियन्त्रण, घरेलु महिला तथा पुरुष कामदारको श्रम नविकरण गरिदिन माग गर्दै दूतावासले पटक–पटक मानव तस्करीमा संलग्नहरुको सूची सरकारलाई बुझाउँदा समेत कानुनी कारवाही नहुनुको कारण सोधेका थिए ।
सरकारको कामको समीक्षासमेत गर्दै मन्त्री पण्डितले सरकारबाट सोचे अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो । तर सुधारका प्रयास भइरहेको भन्दै आजको भोलि नै ठूला परिवर्तन सम्भव नहुने बताउनुभयो । नयाँ संरचनागत अवस्थामा कर्मचारी व्यवस्थापन गरेर समस्या समाधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पण्डित दुबईमा आइतबारदेखि सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति यूएई आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।