विदेश जाने घटे,  ६ महिनामै ४ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रियो

 फागुन २, २०७५ बिहीबार ११:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटेका छन् भने रेमिट्यान्स चाहिँ बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैककाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३० दशमलब २ प्रतिशतले रेमिट्यान्स बढेको हो । रेमिट्यान्स बढे पनि यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९ दशमलब १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यसै अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या १ दशमलब ८ प्रतिशतले घटेको थियो । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मलेसिया जाने नेपालीको संख्या उल्लेख्य घटेको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया