अभिनेत्री शबाना आज्मीजस्ता देशद्रोहीले भरिएको छ बलिउड: क‌ंगना रनौत

 फागुन ५, २०७५ आइतबार १४:४२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पुलवामा हालै भएकाे आतंकवादी हमलाको निन्दा गर्दै अभिनेत्री सबाना आज्मी र जावेद अख्तरले पाकिस्तानमा हुने भनिएको कार्यक्रम रद्द गरिदिएका छन् । 

यसैबीच अभिनेत्री कंगना रनौतले शबाना आज्मी जस्ता व्यक्तिले नै पाकिस्तानी कलाकारहरुलाई भारतमा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा आवाज उठाउने गरेको आरोप लगाएकी छिन् । 

कंगनाले भनेकी छिन्,‘शबाना आज्मी जस्ता व्यक्तिहरुले नै पाकिस्तानबाट सांस्कृतिक आदान प्रदानमा लगाइएको रोकलाई तोड्नु पर्ने कुरामा आवाज उठाउने गर्छन् । यी तिनै व्यक्तिहरु हुन् जसले भारत तेरो टुक्रा टुक्रा हनेछ भन्ने ग्याङ्गलाई समर्थन गर्छन् ।

उनीहरुलाई पाकिस्तानको कराचीमा कार्यक्रम राख्न के आवश्यकता थियो ? जबकी उरी आतंकवादी हमलापछि पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाइएको थियो । हाम्रो फिल्म उद्योग यी र यस्तै देशद्रोहीहरुले भरिभराउ छ । हामीलाई यतिबेला पाकिस्तानी प्रतिबन्धप्रति नभई उनीहरुको विनाश तर्फ केन्द्रित हुनु आवश्यक छ ।’

पुलवामा आतंकवादी हमलालाई अभिनेत्री कंगना रनौतले कायरतापूर्ण र मानवतामाथिको हमला बताएकी छिन् । कंगनाले भनिन्, ‘पाकिस्तानले केवल हाम्रो देशको सुरक्षा भंग मात्रै नगरी भारतको गौरवमाथि पनि ठेस पुर्‍याएको छ । हामीले यसको बदला जोडदार तरिकाले लिनुपर्छ । यदि यसो नगरेर हामी चुप लागेर बस्यौं भने यही कुरा हाम्रो कमजोरी बन्न सक्नेछ ।’

अभिनेत्री कंगना रनौतले यस आतंकवादी हमलाका कारण उनको फिल्म ‘मणिकर्णिका’ को सक्सेस पार्टी रद्द गरिदिएकी छिन् । साथै शहीद भएका सीआरपीएफ जवानहरुलाई श्रद्धाञ्जलि दिएकी छिन् । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया