कोरियामा नेपाली श्रमिकका समस्याबारे छलफलको तयारी

 फागुन २२, २०७५ बुधबार ६:५३:५१ | रासस
unn.prixa.net

काठमाण्डौ - दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आउँदो चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ । 

स्थानीय फ्यङ्गथेक माइग्रेन्ट सेन्टरको हलमा हुने कार्यक्रममा स्वेच्छिक घर फिर्ती, श्रमिकका समस्या तथा गुनासा र दूतावासले प्रदान गर्ने कन्सुलर सेवाका साथै समसामयिक विषयमा छलफल गरिने दूतावासले जनाएको छ । दूतावासले यसअघि त्यहाँ रहेका नेपाली कामदारको स्वेच्छिक घरफिर्ती, स्वास्थ्य परामर्श, कन्सुलर सेवा, श्रमसम्बन्धी समस्या तथा गुनासाका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ । 

यस प्रकारका समस्या न्यूनीकरण गर्न छलफल तथा सुझाव लिने, कार्य अवधि समाप्तिसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्ने, स्वदेश फर्किएका नेपाली कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबारे जानकारी दिने तथा कामदारको गुनासालाई यथासम्भव कार्यस्थलमै गई सुनुवाइ गर्दै आएको दूतावासले जनाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया गएका कामदारलगायत अन्य इच्छुक नेपालीलाई कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया