नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले कतारसँग परिमार्जनसहित श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । श्रम सम्झौता परिमार्जनसहित नवीकरण गर्ने विषयमा कतारसँग बुधबार र बिहीबार छलफल हुँदैछ । कतारसँग छलफल गरेर नवीकरणको मिति पनि टुंग्याउने श्रम मन्त्रालयले जनाएको छ ।
शून्य लागत लगायत नेपाली कामदारको सुरक्षाको प्रत्याभुत हुनेगरी श्रम सम्झौता नवीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तिव्रता दिएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन नयाँ देशसँग श्रम सम्झौता गर्ने र नयाँ गन्तव्य देशको खोजी गर्ने श्रम मन्त्री गोकर्ण विष्टको भनाई छ ।
कतारसँग सन् २००५ श्रम समझदारी भएको थियो । एक महिनाभित्रमा सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुनेगरी कतारसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै यसअघि नेपालबाट कामदार लैजान कतारले रोजगारी भिलेजको स्थापना गर्ने प्रस्ताव राखेको थियो । यस विषयमा पनि कतारसँग छलफल हुँदैछ ।
यस्तै, मन्त्रालयले यूएईसँग श्रम नवीकरणको तयारी गरेको गरेको छ । नेपाल र यूएईबीच सन् २००७ एमओयू भएको थियो । श्रम नवीकरणका विषयमा यसअघि पनि कतार र यूएईसँग छलफल भइसकेको छ ।
त्यसैगरी साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।