नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
लमजुङ – स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय लमजुङले बिहीबार गरेको एउटा बैठकमा उनीहरुले कार्यालयभित्र र कार्यालयबाहिर कुनै पनि समय रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उपस्थित सबैलाई प्रतिबद्धता पत्र पढेर सपथ खुवाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा प्रकाशित ‘मेरो वर्ष’ पुस्तिकामा लेखिएको मेरो ५ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता शीर्षकको ५ वटा प्रतिबद्धताको पाठ पढेर प्रजिअले सहभागीलाई सपथ खुवाउनुभएको हो ।
‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ’, ‘म नियमित व्यायाम गर्छु’, ‘म स्वस्थ र पोषिलो खाना खान्छु’, ‘म नियमित स्वास्थ्य परीक्षण गराउँछु’, र ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने वाक्य प्रतिबद्धतामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएकाले यसलाई कार्यान्वयनमा उतार्न सबैलाई आग्रहसमेत गर्नुभयो ।
स्वास्थ्य कार्यालयमा आयोजित किटजन्य रोगहरु तथा कुष्ठरोगसम्बन्धी सरोकारवाला संस्थासँगको समन्वयात्मक बैठक तथा अभिमूखिकरणअघि सहभागीलाई उहाँले सपथ खुवाउनुभएको हो ।
बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी यादव ढकाल, सशस्त्र प्रहरी प्रमुख डीएसपी दीपक बलामी, श्रीजंग गण उदिपुरका मेजर पूर्णबहादुर चन्द, प्रमुख अनुसन्धान अधिकृत सुरेश तिवारी, स्वास्थ्य कार्यालयका प्रमुख केवशप्रसाद चापागाईँ, गौंडा प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहला, लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरे, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दीपक बराललगायत कार्यक्रममा सहभागीले रक्सी, चुरोट र सुर्ती नखाने प्रतिबद्धता जनाएका स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दीपक बोम्जनले बताउनुभयो ।
समन्वयात्मक बैठकमा डा. लोहलाले हात्तीपाइले, स्क्रब टाइफस, औलो, कालाजार, डेंगु, कुष्ठरोगलगायत रोगबारे जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।