नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - इन्जिन किनेर आउँदाे नयाँ वर्षदेखि सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेल्वे निर्माण अवस्थाको भारतीय राजदूत मंजिभ सिंह पुरीले निरीक्षण गर्नुभएको छ ।
शनिबार राजदूत पुरीले आफ्नो टोलीसहित अचानक जनकपुरधाम रेल्वे स्टेशन पुगी ट्रली चढेर जयनगरसम्मको रेल्वे निर्माण अवस्थाको निरीक्षण गर्नुभएको हो ।
राजदूत पुरीका टोलीसहित रेल्वे अधिकारीहरुले जनकपुरबाट दुईवटा ट्रलीमा चढेर २९ किलोमिटर रेल्वे ट्रयाक तथा भौतिक संरचनाहरुको निरीक्षण गरेको रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज बिनोद ओझाले जानकारी दिनुभयो ।
सरकारले नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल्वे सञ्चालनका लागि भारतसँग इन्जिन खरिद प्रक्रिया अन्तिम चराणमा पुर्याएको छ भने सञ्चालनका लागि आवश्यक कर्मचारी भर्ना गर्ने प्रक्रियाको तयारीमा रहेको जनाएको छ ।
पहिलो चरणमा जनकपुरको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल्वे सञ्चालन गर्ने सरकारको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।