नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
इलाम – इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करणको आइतबार हुने खेलमा काँकडभिट्टा र शेर्पा फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।
झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) र हिमालयन शेर्पा क्लब काठमाण्डाैबीच इलामको खेलमैदान ठूलो टुँडिखेलमा माईभ्याली गोल्डकपको फाइनलका लागि प्रतिस्पर्धा हुने भएको हो ।
विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएर काँकडभिट्टा सेमिफाइनलमा पुगेको हो भने हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको स्थान पक्का गरेको थियो । यी दुई टोलीमा विजयी टाेलीले दाउफिन्स फुटबल क्लब क्यामरुनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
माईभ्याली गोल्डकप प्रतियोगितामा काँकडभिट्टा र शेर्पा यसै संस्करणका सहभागी टिमहरु हुन् । दुई टिमले नै जित आफ्नो नै हुने दावी गरेका छन् ।
जारी सिजनमा दोस्रो विशाल मेमोरियल गोल्डकपमा त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । पोखरा कपमा सशष्त्र प्रहरीकाे एपीएफसँग २–१ ले पराजित हुन पुगेको थियो ।
भर्खरै सम्पन्न आहारारा गोल्डकपको १७ औँ संस्करणमा धरान फुटबल क्लबले हिमालयन शेर्पालाई १–० ले पन्छाएको थियो । यस्तै काँकडभिट्टा सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपको सेमिफाइलनमा थ्रीस्टारसँग २–० ले पराजित भएको थियो भने बुढासुब्बा गोल्डकपको क्वार्टरफाइलनमा संकटासँग सडनडेथमा पराजित भएको थियो ।
जुन टिमले जित निकाले पनि यस संस्करणको फाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरु नयाँ हुनेछन् । चैत्र ५ गते हुने फाइनल खेलका विजेता टिमले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।
यो प्रतियोगिता २०७१ सालदेखि लगातार आयोजना हुँदै आएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।