पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
डोटी – डोटीको शिखर नगरपालिकामा डिजिटल सूचना पार्टी राखिएको छ ।
जिल्लामै पहिलो पटक शिखर नगरपालिकाले सेवाग्राहीको सहजताका लागि डिजिटल सूचना पार्टी राखेको मेयर सिताराम जोशीले बताउनुभयो ।
विद्युतीय माध्यमबाट छिटो प्रभावकारी हिसाबले सूचना प्रवाह हुने यो सूचना पार्टी सुरु गरिएको शिखर नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताउनुभयो ।
सूचना पार्टीमा नगरपालिकावाट दिइने सेवा सुविधाहरु, नागरिक वडा पत्र, नगरपालिकाले गरेका हरेक कार्यक्रमहरु, योजनाहरु, नगरपालिका विभिन्न तथ्यांकहरुलगायत अन्य सूचना राखिएको छ ।
सूचना पार्टीमा सेवाग्राहीको सूचनामा सहज पहुँच, पारदर्शी र नगरपालिकावाट गरिने हरेक सेवाका गतिविधिका बारेमा जानकारी राखिएकाले पनि कसैलाई सोध्न पर्ने झण्झटबाट सेवाग्राहीलाई मुक्ति मिल्ने अधिकृत मल्लले बताउनुभयो ।
नगरपालिकाले आफ्ना सम्पूर्ण वडा कार्यालयमा डिजिटल सूचना पार्टी राख्ने बताएको छ । नगरपालिकाले यसभन्दा पहिले घरघरमै सेवाको पहुँच पुर्याउने उदेश्यले मोबाइल एप सञ्चालन गरिसकेको छ । त्यसैगरी सामाजिक सुरक्षाका सम्पूर्ण तथ्याङ्कहरु समेत अनलाइनमा दर्ता गर्ने काम भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।