उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली – सुधारगृहमा भएको रहस्यमय मृत्युको अनुसन्धान गर्नतर्फ नलागेर प्रक्रिया लम्ब्याउन खोजेको भन्दै पीडित पक्षले धनगढी बन्दको आह्वान गरेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर-३, बोराडाँडीमा रहेको रिचमण्ड फेलोसिप नेपाल (सुधारगृह) का स्टोरकीपरको कार्यालयमै रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले बेवास्ता गरेको मृतकका दाजु आनसिंह ढुंगालले बताउनुभएको छ ।
उहाँले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्नुको साटो प्रक्रिया लम्ब्याउन खोजेको भन्दै आइतबार आफूहरुले धनगढी बन्दको घोषणा गरेको बताउनुभएको हो । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका आफन्तले घटनाको तत्काल छानबिन गरी घटनामा संलग्नको खोजी गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
बिहीबार राति कार्यालयमा रहेका बिरामीलाई खाना खुवाएर सुत्न गएका २९ वर्षीय जनक ढुंगाल करिब साढे १० बजेतिर सुतिरहेको अवस्थामा कार्यालयमै मृत भेटिएका थिए ।
मृतक ढुंगालको शरिरमा निलडाम देखिएको मृतकका दाजु आनसिंह ढुंगालले बताउनुभयो । प्रारम्भिक पोस्टमार्टमका क्रममा पनि उहाँको घाँटीको हड्डी टुटेको बताएकाे थियाे । तर अहिले पोष्टमार्टम टोलीले पनि कुरा फेरेको आनसिंहले बताउनुभयो ।
प्रहरीले घटनाको सत्य तथ्य छानविन नगरेसम्म आन्दोलन यथावत राख्ने मृतका आफन्तहरुले चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।