करिश्माको एसईई यात्रा : ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ ?

 चैत १०, २०७५ आइतबार १४:३७:४ | मनोज दाहाल
unn.prixa.net

आइतबारदेखि एसईई परीक्षा सुरु भएको छ । एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । 

एसईईको तयारीका लागि भनेर उनी विध्यालयमा भर्ना भएर नियमित कक्षासमेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् ।  यही विद्यालयबाट उनले एसईई को तयारी गरेकी हुन् । 

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको छ । काठमाण्डौको डिल्ली बजारमा रहेको विद्यालयबाट उनले एसईई दिइरहेकी छिन् । करिश्माले कक्षा ७ पढ्दा पढ्दै पढाइबीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् ।

उनी चलचित्र नगरीमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थाले पछि उनले पढाई बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् । 

चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवश्यकता महसुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् । अमेरिकामा रहँदासम्म पनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाई पछि उनी नेपाल फर्किइन् ।

नेपाल फर्किए पछि भने उनी राजनीति तर्फ आकिर्षित भइन् । उनी डाक्टर बाबुराम भट्टराईको नायाँ शक्ति पार्टिमा आबद्ध भइन् । त्यसपछि भने उनलाई पढाई खड्किन थाल्यो । पढाईलाई उमेरले छेक्दैन भने जस्तैे उनलाई पनि उमेरले रोकेन । उनी कक्षा ८ बाट आफ्नो अध्ययनलाई अघि बढाइन् । विद्यालय त नियमित जान्थिन् नै त्यससँगै एकाउन्ट र गणित विषयको ट्यूसनसमेत पढ्न थालिन् । 

एसईईकै लागिउनले निकै मेहनत गरेकी छन् । उनले एसईई धेरै कुरा त्यागेकी छिन् । हरेक वर्षको होलीमा उनी आफ्नै घरमा साथीसँगसहित विभिन्न पत्रकारहरुलाई डाकेर रमाइलो गर्ने गर्थिन् । तर, यस वर्ष भने एसईई दिने भएकोले कसैलाई डाकिनन् । धेरैले उनलाई फोनसमेत गरे उनका कतिपय शुभ चिन्तक त उनको घरमै पुगेर फर्किए । 

विद्यालय भर्ना भएको सुरुवाती दिन करिश्माको लागि सहज थिएनन् । आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नुपर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबैजनाले धेरै बेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् । आफूलाई सहज बनाइन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ उनी भन्छिन् । 

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । एसईई परीक्षामा सहभागी परीक्षार्थी मध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया