नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
डोटी – जिल्ला प्रहरी कार्यालय अछामले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारी अनुसार जिल्लाको रामारोशन गाउँपालिको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएकाे हो ।
पक्राउ पर्नेहरुमा विप्लव माओवादी पार्टी निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी भूमीसरा धामी र युवा संगठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
रामारोशन गाउँपालिको झाता गाउँमा ‘विप्लव’ समूहका केही सदस्य रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली मंगलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहले गोली चलाएपछि जवाफी फायर गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘९ जनाको समूहमा रहेका ‘विप्लव’ समूहले हाम्रो प्रहरी टोलीमाथि गोली चलाएका थिए, हामीले जवाफी फायर गरेपछि ५ जना भागे । बाँकी ४ जनालाई हामीले पक्राउ गर्न सफल भयौँ ।
‘विप्लव’ समूहका डोटी इञ्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्ना समूहका केही व्यक्तिलाई पक्राउ गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टोलीले फायर गरेकै छैन, बिना कारण आरोप लगायर प्रहरीले हाम्रा केही साथी पक्राउ गरेको हो ।”
जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको र आफ्नो तर्फबाट ७ राउण्ड फायर भएको बताएको छ । प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा विप्लव नेतृत्व नेकपाका अछामका इञ्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ । अछाममा अहिले प्रहरी सुरक्षा कडा पारिएको छ । दोहरो भिडन्तमा प्रहरीतर्फ कुनै क्षति नभएको अछाम प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।