पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
ताप्लेजुङ – जिल्ला शिक्षक संगठन ताप्लेजुङका सचिव मदनकुमार दाहाल मंगलबार बिहानदेखि वेपत्ता हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–२ मा रहेको गुप्तेश्वर माध्यमिक विद्यालय फुलबारीका प्रधानाध्यपकसमेत रहनुभएका ४७ वर्षका दाहाल वेपत्ता हुनुभएको हो ।
फुङलिङ नगरपालिका ६ मा रहेको आफ्नै घरबाट मंगलबार बिहान विद्यालय जान निस्कनु भएका दाहाल बेलुका राति साढे सात बजेसम्म पनि कसैको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।
सचिव दाहालका श्रीमतीलगायत परिवार काठमाडौंमा बस्दै आउनुभएको छ । परिवारका सदस्य कसैसँग पनि सम्पर्क नभएपछि साँझदेखि खोजिकार्य सुरु गरिएको थियो । उहाँको मोबाइल पनि स्वीच अफ रहेको छ ।
दाहालले मंगलबार बिहान विद्यालय जाने क्रममा पाथीभरा याङवरक गाउँपालिका १ मेवाखाको एउटा होटलमा बिहान ६ बजे खाजा खानु भएको र विद्यालय जान भनि हिड्नुभएको भन्नेसम्म पत्ता लागेको दाहालका दाजु सुजन दाहालले बताउनुभयो । त्यसपछि १ घण्टाको पैदल यात्रामा पुगिने गुप्तेश्वर मा.विमा भने उहाँ पुग्नुभएको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले मंगलबार दिउँसो १ बजे व्यवस्थापन समितिको बैठक बोलाएको र प्रधानाध्यपक दाहाल नआएका कारण सहायक प्रधानाध्यपकले बैठक सञ्चालन गर्नुभएको बताउनुभयो । ‘प्रधानाध्यपक केही काम विशेषले जिल्ला सदरमुकामबाट आउनु भएन होला भन्यौँ, धेरै पटक मोकाइल फोनमा सम्पर्क गर्दा स्वीच अफ भनिरह्यो’ अध्यक्ष खतिवडाले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले संगठनका सचिव सम्पर्कमा नआएको खबर मौखिक रुपमा आएको बताउनुभयो । मौखिक रुपमा खबर आएपछि चारैतिर खोजिको लागि संयन्त्र परिचालन गर्ने तयारी गरिएको र छिटै खोजि कार्य गरिने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।