नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
डाेटी – सेती नदीमा बगेर एकजना प्राविधिक बेपत्ता भएका छन् ।
डोटीको बोगटा फुड्सिल गाउँपालिकामा निर्माण भइरहेको सेती हाइड्रो पावरमा कार्यरत रुकुमका ओभरसियर दिपेन्द्र ओली सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
अछाम र डोटीको सीमाक्षेत्र समेत रहेको त्यस स्थानमा काठको डुङ्गा बाट नदी तर्ने क्रममा ओली नदीमा खसेर बेपत्ता भएको सेती हाइड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीमा कार्यरत मिनजंग शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिहान देखि खोजी गरीरहेका छौँ, भेटाउन सकेका छैनौँ ।’ नदीमा बेपत्ता भएका ओलीको खोजी कार्य तिब्र रुपमा भइरहेको र ठाउँ-ठाउँमा प्रहरी टोली खटाइएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।