उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
इलाम – नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जनता अब क्रान्तिमा होमिन नसक्ने बताउनुभएकाे छ ।
इलामको देउमाई नगरपालिकाको मंगलबारेमा शनिबारबाट सुरु भएको ‘देउमाई साहित्य पर्यटन महोत्सव २०७५’ को उद्घाटनलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे समूहलाई पनि राजनितिको मूलधारमा आउन आग्रह गदै उहाँले भन्नुभयो, बाटो नबिराउन विप्लव समूहलाई मेरो आग्रह छ ।
विखण्डनको पक्षमा कोही पनि नभएको भन्दै उहाँले देश अब समृद्धितर्फ उन्मुख भएको बताउनु भयो । देशले संविधान पाइसकेपछि हाल संघीय गणतन्त्र कार्यान्वयनको चरणमा रहेकाले सबैले संविधान स्वीकार गरिसकेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले इलाम आफैमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीय स्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षणको गन्तव्य हुने समेत उल्लेख गर्नुभयो । दुईदिने महोत्सव भोलि आइतबारसम्म सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।