उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ– यो वर्षको अन्तिम शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन शुक्रबार तोलाको ५९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा सुनको भाउ यो वर्ष तोलामा एक हजार रुपैयाँले बढेको छ । गएको वैशाख २ गते सुन तोलाको ५८ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि भदौ १ गते यो वर्षकै कम तोलाको ५५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि घटबढ हुँदै फागुन ८ गते यो वर्षकै महङ्गो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैहरेको छ । चाँदीको भाउ भने यो वर्ष तोलामा ३० रुपैयाँ घटेको छ । गएको वैशाख २ गते चाँदी तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।