उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ– लमजुङ कृषि क्याम्पसका विद्यार्थी हिलोमै कबड्डी खेलेर रमाएका छन् ।
पन्ध्र असारको अवसरमा उनीहरु क्याम्पस नजिकै रहेको हिलो फाँटमा कबड्डी खेली रमाएका हुन् । विद्यार्थीहरु बिहानैदेखी जम्मा भई हिलोमा कबड्डी, रिले दौड, टग अफ् वारलगायतका खेल खेल्दै रमाएका हुन् ।
आईएएएस नेपाल एलसी लमजुङको आयोजनामा पन्ध्र असारको अवसरमा हिलोमै विभिन्न खेल सञ्चालन गरिएको हो । क्याम्पसमा अध्ययनरत छात्रछात्राहरु विभिन्न समूहमा विभाजन भई खेलमा सहभागी भएका हुन् ।
नेपाली समुदायमा पन्ध्र असारलाई विशेष महत्वका साथ मनाउने चलन पहिलेदेखि नै चल्दै आएको लमजुङ क्याम्पसको तेश्रो सेमेस्टरमा पढ्दै आएकी छात्रा सोनिका पौडेलले बताउनुभयो ।
‘पन्ध्र असार हाम्रो मौलिक संस्कृति पनि हो, खेलको माध्यमबाट सँस्कृति संरक्षणका साथै विद्यार्थीहरु बीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यका साथ हामीले हिलोमै विभिन्न खेल सञ्चालन गरेका हौँ,’ हिलाम्ये भएकी सोनिकाले खुशी मुद्रामा भन्नुभयो ।
पछिल्लो समय पन्ध्र असारको रौनकतामा कमी आएको पुराना पुस्ता बताउँछन् । पहिले असारे गीत गाउँदै, बाउसे, रोपारे हिलो छ्यापछ्याप गरी आपसमा रमाउँदै पन्ध्र असार मनाउने गर्दथे । अहिले त्यस्तो अवस्था नरहेको भोटेओडारका ७६ वर्षीय भीमबहादुर सुनारले बताउनुभयो ।
‘असारे गीत गाउँदै हिलो छ्यापछ्याप गरी पन्ध्र असार मनाइन्थ्यो, दही चिउरा खाइन्थ्यो, निकै रमाइलो हुन्थ्यो,’ अर्मलफाँटमा हलो जोत्दै गरेका सुनारले व्यंग्य गर्नुभयो, ‘अहिले त फोटो खिच्नैका लागि हिलोमा एकैछिन पस्ने मात्रै धेरै भए ।’
उहाँका अनुसार पहिले प्रायः खेतबारी बाँझा हुदैँनथे । तर अहिले धेरै मान्छे परदेसिएका छन् । खेतबारी बाँझै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।