नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली दूतावास साउदीले समस्यामा परेकी एक महिलाको उद्धार गरी नेपाल पठाएको छ ।
९ महिनाअघि जुलाई २०१८ मा घरेलु काममा साउदी गएकी बर्दियाकी कमला सुवेदीलाई उद्धार गरी दूतावासले नेपाल फर्काएको हो । कमलालाई कुवेतमा काम लगाइदिने भन्दै नेपालबाट लगेको भए पनि साउदीमा गैरकानुनी रुपमा राखेर काममा लगाइएको दूतावासले जनाएको छ ।
समस्यामा परेकी कमलाले तोकेअनुसार तलब र सुबिधा नपाएको र घर मालिकले अमानवीय व्यवहार गरेको भन्दै दूतावासमा उद्धारका लागि अनुरोध गर्नुभएको थियो।
सबै कानुनी प्रक्रिया पूरा गरेर मंगलबार कमलालाई नेपाल फर्काइएको छ । उहाँलाई नेपाली प्रवासी समाजले हवाई टिकट उपलब्ध गराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।