नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दोेलखा – जन्मजातै बोल्न नसक्ने छोराको हत्या आरोपमा दोलखा प्रहरीले बुवालाई पक्राउ गरेको छ । शैलुङ गाउँपालिका वडा नम्बर–४, बस्ने २२ वर्षीय बेदबहादुर रेग्मीको हत्या आरोपमा मृतकका बुवा ४४ वर्षीय चुडाबहादुर रेग्मीलाई पक्राउ गरिएको हो ।
मृतक रेग्मीको शव बुधबार बिहान झण्डै साढे ८ बजे शैलुङ गाउँपालिकाको खहरे खोलामा मृत अवस्थामा भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मागापौवामा प्राप्त भएको थियो । मृतक वैशाख २ गतेबाट घर गाउँमा नदेखिएको र परिवारले समेत प्रहरीमा जानकारी नगराएको पाइएपछि हत्या आरोपमा बुवालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका रेग्मीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक रेग्मी जन्मजातै बोल्न नसक्ने थिए । घटना भएको दिन घरमा फोहोर गरेको निहुँमा मृतकको बुबाले घरमै रहेको ह्यामरले टाउकोमा प्रहार गर्दा छोराको मृत्यु भएपछि कम्बलमा पोको पारी खहेर खोलामा फाली गुपचुप बसेको बुझिएको दोलखाको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
शवलाई पोस्टमर्टमका लागि चरिकोट स्थित शवगृहमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।