क्रिकेट रङ्गशाला बनाउन दुबईमा ‘धुर्मुस सुन्तली साँझ’

 वैशाख १२, २०७६ बिहीबार १६:२४:५९ | उज्यालो सहकर्मी

यूएई – धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग सङ्कलन गर्न दुबईमा धुर्मुस सुन्तली साँझ हुने भएको छ । 

चितवन समाजको संयोजन तथा यूएईमा रहेका बिभिन्न ३८ वटा नेपाली संघसंस्थाहरुको आयोजनामा भोलि शुक्रबार कार्यक्रम हुने भएको हो ।  ग्राण्ड एक्सेलसिएर होटल दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित पुष्पन प्रधान, मेलिना राईलगायतका चर्चित कलाकारको उपस्थिती रहने आयोजकले जनाएको छ । 

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईमा रहेका नेपालीलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया