उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बलिउडमा केही यस्ता अभिनेत्री पनि रहे जाे अभिनयका कारण भन्दाबढी प्रेमसम्बन्धका कारण चर्चामा रहे । उनीहरुकाे प्रेम सम्बन्ध यस्ताेसम्मकाे थियाे कि तिनको ब्रेकअपको खबरले मिडिया तथा फ्यानहरुलाई समेत झट्का लागेको थियो ।
प्रेम सम्बन्ध टुट्दा जति पीडा अभिनेत्रीले भोगे त्यति नै दुःखि उनीहरुका फ्यानहरु भएका थिए । आज हामी बलीउडका तिनै अभिनेत्रीको चर्चा गदैछौँ जो कुनै समयमा कसैको गहिरो प्रेममा रहे पनि विवाह गर्न भने सकेनन् । कोही अर्काे व्यक्तिसँग विवाह गरेर अहिले घरजममा व्यस्त छन् ।
श्रीदेवी
कुनै समय बलिउडकी सुपरस्टार अभिनेत्री श्रीदेवी र अभिनेता मिथुन चक्रवर्तीको प्रेमको चर्चा निकै हुने गर्थ्याे । तर उनीहरुको प्रेमसम्बन्ध विवाहमा भने परिणत हुन सकेन । दुवै एकअर्काको प्रेममा पागल भए पनि उनीहरुको प्रेम विवाहसम्म पुग्न पाएन ।
तर दुवैले लुकेर विवाह गरेका अफवाह नफैलिएको पनि हाेइन । श्रीदेवी र मिथुनले विवाह गर्न नसक्नुको कारण थियो मिथुनकी पहिलो पत्नी । मिथुनकी पहिलो पत्नी योगिता वालीको जिद्दीका कारण उनले श्रीदेवीको हात थाम्न सकेनन् ।
साथै खबर यो पनि थियो की श्रीदेवी र बोनी कपूरको अफेयरको खबरले मिथुन र श्रीदेवीबीच तनाव हुन थाल्यो । यसै कारण मिथुनलाई विश्वास दिलाउनकै लागि श्रीदेवीले बोनी कपूरको हातमा राखी बाधेकी थिइन ।
उता मिथुनकी श्रीमती योगिता बालीले श्रीदेवी र मिथुनको प्रेम सम्बन्धको अन्त्य गर्न आत्महत्याको कोशिश समेत गरेकी थिइन । पछि श्रीदेवीले मिथुनसँगको सम्बन्ध तोडेर बोनी कपूरसँग विवाह गरिन ।
माधुरी दीक्षित
एक समय माधुरी दीक्षित र सञ्जय दत्तको प्रेमले पनि खुबै चर्चा पायो । तर सन् १९९३ को मुम्बई बम धमाकाको केसमा सञ्जय दत्तको नाम सामेल भएपछि भने याे सम्बन्धमा दरार उत्पन्न भयो ।
सञ्जय दत्त जेल गएसँगै माधुरीले सञ्जयसँगको सम्बन्ध तोडि दिइन । पछि माधुरीले अमेरिकाका डाक्टर श्रीराम माधव नेनेसँग विवाह गरिन् ।
रानी मुखर्जी
९० को दशकमा अभिनेत्री रानी मुखर्जीको अफेयरको चर्चा आमिर खान, अभिषेक बच्चन र गोविन्दाका साथ खुब हुने गर्थ्याे ।
रानी र गोविन्दाबीचको निकटता धेर नै बढेको थियो । दुवैको प्रेमको चर्चाले गोविन्दाकी श्रीमती सुनितालाई समेत संकटमा पारेको थियो ।
पछि सुनिताले गोविन्दालाई दबाब दिएपछि रानीसँगको सम्बन्ध तोडिदिएका थिए । यस्तै रानी मुखर्जी र अभिषेक बच्चनको विवाहको खबरले समेत बलिउड तातेको थियो
तर अभिषेकसँगको सम्बध पनि अगाडि बढ्न सकेन र पछि रानीले यशराज फिल्म्सका मालिक आदित्य चोपडासँग गोप्य रुपमा विवाह गरिन् ।
ऐश्वर्या राय बच्चन
बच्चन परिवारकी बुहारी हुनुअघि विश्व सुन्दरीसमेत रहेकी अभिनेत्री ऐश्वर्या राय र सलमान खानको प्रेम सम्बन्धको निकै चर्चा भयो ।
दर्शक तथा फ्यानहरु यी दुवैले विवाह गरेको हेर्न चाहन्थे । तर त्यसैबीच सलमान खानले ऐश्वर्यालाई मारपिट गर्ने गरेका खबरहरु आउन थाले ।
त्यसपछि यी दुवैबीचको प्रेमसम्बन्धको अन्त्य भयो । सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्याले केही समय विवेक ओबेरोयसँग डेट गरेकी थिइन । र अन्त्यमा अभिषेक बच्चनसँग विवाह गरिन् ।
रविना टण्डन
रविना टण्डन र अक्षय कुमार एक समयमा बलिउडमा उत्कृष्ट जोडी थिए ।
यी दुवैको विवाह हुनेसम्मका खबरहरु आए पनि त्यसअघि नै सम्बन्ध टुङ्गिन पुग्यो ।
पछि रविना टण्डन स्वयमले अक्षयका साथ इन्गेजमेन्ट समेत भइसकेको खुलासा गरेकी थिइन् ।
तर दुवैबीचको आपसी मतभेदका कारण ब्रेकअप भयो । पछि रविना टण्डनले भारतीय ब्यापारी अनील थडानीका साथ विवाह गरिन् ।
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीे पनि अक्षय कुमारसँगको प्रेममा थिइन् ।
तर अक्षयले शिल्पाकै मिल्ने साथी ट्विकंलका साथ विवाह गरे । त्यसपछि शिल्पाले अक्षयले आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । त्यसको केही समयपछि शिल्पाले राज कुन्द्राका साथ विवाह गरेर घरजममा छिन् ।
करीना कपूर खान
अभिनेत्री करीना कपूर र शाहीद कपूरको प्रेमको पनि बलिउडमा निकै चर्चा भयो । दुवैले केही वर्षसम्म एकअर्कालाई डेट गरे ।
त्यस समयमा शाहीद कपूर कुनै फिल्ममा काम गर्दा आफ्नो जोडीको रुपमा करीना कपूर नै अभिनेत्रीको रुपमा राख्नु पर्ने खालका दवाब दिने गरेको खबर पनि सार्वजनिक भए ।
तर पछि भने यी दुवैको प्रेम सम्बन्धको पनि अन्त्य हुन पुग्यो । शाहीदसँगको ब्रेकअपपछि करीनाले अभिनेता सैफ अली खानका साथ विवाह गरिन् ।
विपाशा बसु
वर्षौंसम्म एकअर्काको प्रेममा रहेको जोडी थियो अभिनेत्री विपासा बसु र जोन अब्राहमको । यी दुवै वर्षौंसम्म लिभइन रिलेसनशिपमा पनि बसे ।
दुवैले छिट्टै विवाह गर्नसक्ने अनुमान लगाएका फ्यानहरुलाई अचानक दुवैको ब्रेकअपको खबरले झट्का दिएकाे थियो ।
त्यसको केही वर्षपछि बिपाशा बसुले करण सिंह ग्रोभरका साथ विवाह गरिन् ।
दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण र रणबिर कपूरको प्रेमले पनि बलिउडमा निकै चर्चा बटुलेको थियो ।
दीपिका पादुकोण रणबिर कपूरसँगको प्रेममा पागल भए पनि रणबिर कपूर भने त्यस कुरामा कहिल्यै गम्भीर थिएनन् ।
दीपिकाबाहेक अरुसँगको सम्बन्धका बारेमा दीपिकाले थाहा पाएपछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि दीपिका पादुकोण डिप्रेशनमा समेत परेकी थिइन् ।
त्यसपछि दीपिकाको जीवनमा अर्का अभिनेता रणवीर सिंह आए । अहिले दीपिका र रणवीरले विवाह गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।