नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै- शुक्रबारबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हो, ‘दालभात तरकारी’ । मह सञ्चारले निर्माण गरेको चलचित्र भएका कारण पनि यसलाई विशेष चलचित्रको रुपमा हरिएको छ ।
यही सन्दर्भमा चलचित्रका प्रस्तुतकर्ता किरण केसीसँग चलचित्रका बारेमा केही जान्ने जमर्काे गरेका छौं ।
‘दालभात तरकारी’ मा यति धेरै कलाकारहरु हुनुहुन्छ, सुटिङमा गाह्रो भएन ?
त्यस्तो गाह्रो त भएन । सबैले माया गर्नुभयो । हामीले भनेका सबै कुराहरुलाई कसैले पनि नाइँ भन्नुभएन । आज भ्याइएन भोलि गरौँला, म सक्दिन भनेर कसैले पनि भन्नुभएन । त्यति मात्र होइन, हामीलाई भगवानले पनि साथ दिनुभयो किनभने कहिल्यै पनि पानी परेन । कुनै दिन बादल लागेन । हामीले सबैतिरबाट एकदमै राम्रो साथ सहयोग पायौँ । त्यसैले काम गर्न निकै सहज भयो ।
तोकिएकै समयमा छायाकंन सक्नुभयो त ?
हामीले लक्ष्य त ४५ दिनको राखेका थियौँ । तर ४५ दिनमा काम सम्पन्न भएन ५०-५१ दिनमा हामीले छायाकंन सक्यौँ ।
सुटिङ लाेकसन कुन-कुन ठाउँ हुन् ?
काठमाण्डौ, चितवन र पोखरामा हामीले सुटिङ गरेका छौँ ।
सुनद केसीको डेब्यू निर्देशन कस्तो रह्यो ?
उ मेरै छोरा हो । टेक्निकल ज्ञानको कुरामा एकदमै धनी छ । हाम्रो फिल्म यस्तो बन्छ भनेर उसले हाम्रो फिल्मलाई कम्युटरमा पूरै डिजाइन गरेर हामीलाई देखाएको थियो । सुटिङअगावै नै हामीले फिल्म हेरिसकेका थियौँ । उसले एकदमै राम्रो काम गरेको छ ।
अनि आफ्नै छोराले एक्सन भनेपछि आफूले अभिनय गर्दा कस्तो लाग्यो ?
छोरोको एक्सनमा अझ भनौं निर्देशनमा आफूले काम गर्न पाउँदाको क्षण साँच्चै रमाइलो हुने रहेछ । मनैदेखि आनन्द लाग्दोरहेछ ।
चलचित्रको रिलिज मिति नजिक आइसक्यो, कस्तो तयारी गर्दै हुनुहन्छ ?
हाम्रा सबै कामहरु पूरा भैसकेका छन् । भीएफएक्स पनि सकियो । इडिटिङ, मिक्सिङको काम सकियो । पोस्टर बनाउन पनि दिइसकेका छौँ । हामीले गर्ने भनेको उन्नाइस गतेसम्म मात्र हो बीस गते पछि त हामीले दर्शकहरुको प्रतिक्रिया सुन्ने हो । ‘दालभात तरकारी’ मा अनुभवी कलाकारले अभिनय गर्नुभएको छ । हामीले मह सञ्चारको ब्यानरबाट चलचित्र निमार्ण गरेका छौं । चलचित्र हेरेर दर्शक खुशी हुनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।
‘दालभात तरकारी’ सबैले हेर्न मिल्ने चलचित्र हो ?
घरमा सबैजनासँगै बसेर दालभात तरकारी खान मिलेजस्तै, चलचित्र ‘दालभात तरकारी’ बच्चादेखि बुढा सबैले हेर्न मिल्छ, परिवारसँगै बसेर मजाले हेर्न सकिन्छ ।
-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।