नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीय सरकारको मुख ताकेर नबस्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।
महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको कार्यालय उद्घाटन गर्दै उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै त्यसअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
‘अब संघीय सरकारको मुख ताक्ने अवस्था छैन । तीन तहको सरकार छ । प्रदेश सरकार र स्थानीय सरकारलाई पनि थुप्रै अधिकार दिएको छ’, उहाँले भन्नुभयो, ‘तपाईँहरु संविधानमा किटान गरेको अधिकार प्रयोग गरी योजना बनाएर विकासको काममा अघि बढ्नुस् ।’
स्थानीय सरकारले नगर्न सक्ने काम प्रदेश सरकार र प्रदेश सरकारले गर्न नसक्ने काम मात्रै संघीय सरकारले गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । दुईतिहाई बहुमतको सरकार केही गर्न नसकेको भन्दै आलोचना भइहेको प्रसंगमा उहाँले भन्नुभयो, ‘एकवर्षमा सरकारले थुप्रै नीति, नियम कानुन बनाउने काम गरेर आधार पूरा गरेको छ । अगामी नयाँ आर्थिक वर्षदेखि जनताको औपचारिक कामहरु सुरु गर्छ । तिव्रगतिमा विकासको कामहरु हुन्छ ।’
समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार गर्न सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतमा राख्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले देशमा सानसानो कुरामा नअल्झेर देशलाई उज्वल पार्ने दुरगामी योजनाको कुरामा विमर्श हुनपर्ने बताउनुभयो । बर्दिबास मेडिकल कलेज स्थापनाका लागि यस वर्षमै टेन्डरको प्रक्रिया अगाडी बढ्ने जानारी गराउँदै मन्त्री पाखेरलले ५ वर्ष भित्र कलेज सञ्चालनमा आउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।