रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - धनुषाको सहिदनगर नगरपालिका १ की २० वर्षीया निर्मलाको हत्याकाे आराेपमा पति र जेठानीलाई प्रहरीले पक्राउ गरेको छ । पति २४ वर्षका मुकेश कुमार गोइत र जेठानी २५ की श्यामा देवी यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
गत वैशाख ५ गते विवादको क्रममा पति मुकेशले निर्मलालाई हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएका थिए । शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी निर्मलाको वैशाख १६ गते काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि मुकेश फरार रहेका थिए ।
कमला नगरपालिका ५ बस्ने जयलाल भुसकुलियाकी छोरी निर्मलासँग गएकाे असार १८ गते मुकेशले विवाह गरेका थिए । फरार रहेका पति मुकेश र जेठानी श्यामादेवीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको हाे । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भाउजू श्यामादेवीसँग मुकेशकाे अबैध सम्बन्ध विवाह पूर्वदेखि नै रहेको खुलेको छ ।
प्रहरीका अनुसार मुकेशको विवाहपश्चात समेत सम्वन्ध कायम रहेकाे श्रीमती निर्मलाले थाहा पाएकाे र त्यसै कारण पटक पटक दुवैबीच विवाद हुँदै आएको थियो । घटनाको दिनसमेत निर्मला र श्यामादेवीबिच झगडा भएको थियो । झगडापछि मुकेशले भाउजु श्यामादेवीकै सल्लाहमा श्रीमती निर्मलालाई कुटपिट गरी हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएको प्रहरीको भनाई छ ।
मुकेशले निर्मलालाई जलाउन भाउजू श्यामादेवीकै पसलबाट पेट्राेल ल्याएको अनुसन्धानबाट खुलेको छ । निर्मलालाई आगो लगाएपछि फरार रहेका मुकेशलाई सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
भाउजू श्यमादेवीलाई मुकेशकाे बयानका आधारमा पक्राउ गरी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको हाे ।
देवर र भाउजू दुवैमाथि कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।