स्वामी आनन्द अरुणको संस्मरण ‘ओशो : अचम्म जो मैले देखेँ’ सार्वजनिक

 वैशाख २८, २०७६ शनिबार २२:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो : अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । शनिबार ओशो तपोवनमा आयोजित एक समारोहका बीच पुस्तक लोकार्पण गरिएको हो । 

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । 

अन्य पुस्तक विमोचन समारोह भन्दा पृथक रुपमा गरिएको कार्यक्रममा पुस्तक विमोचन गर्नु अघि ५ मिनेटको ध्यान पनि गरिएको थियो । सार्वजनिक गरिएको कार्यक्रममा प्रदीप गिरिले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म त्यस दर्शनले आध्यात्मलाई सही परिप्रेक्ष्यमा बुझ्न नसक्ने दाबी गर्दै स्वामी अरुणको यो पुस्तकले आध्यात्मको रहस्यमय आयामलाई सही रुपले प्रतिनिधित्व गर्ने बताउनु भयो । 

नारायणकाजी श्रेष्ठले यस कृतिले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा भएका बताउनुभयो । डा. सुन्दरमणि दीक्षितले गहन आध्यात्मिक संस्मरणात्मक यस पुस्तकले पाठक र लेखक दुवैलाई मंगल गर्ने  बताउनु भयो ।

त्यस्तै, देवप्रकाश त्रिपाठीले यो कृतिले गुरु र शिष्यको सम्बन्धलाई एक नयाँ उचाइमा प्रस्तुत गरेको बताउनुभयो । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले यो कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताउनुभयो । 

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सान्निध्यमा आफुले भोगेका कुराहरु लेखेको बताउदै ओशो एक क्रान्तिकारी  द्रष्टा तथा भविष्यका मसिहा भएको बताउनुभयो । नेपालका धार्मिक स्थलहरुलाई विश्व मानचित्रमा चिनाउनु पर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको थियो । 

विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति विमोचन समारोहमा देखिन्थ्यो । पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार निखिल उप्रेती, सञ्चिता लुइँटेल, वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार टिकाराम यात्री, डा. ऋषि काफ्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, लोकेश ढकाल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, साहित्यकार शारदा शर्मा, अमर न्यौपाने, जलश्रोत विज्ञ अरुण सुवेदी, सांसद रामवीर मानन्धर, नेपाल सरकारका सचिव देवेन्द्र कार्कीलगायतको उपस्थितिले विमोचन समारोहमा भव्यता थपिएका थियो । 

बु्कहिल्स् पब्लिकेशनले प्रकाशन र वितरण गरेको यो पुस्तक शनिबारदेखि नै देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रहरुबाट पाउन सकिन्छ ।       

यो पनि पढ्नुहोस् 

क्रान्तिको शंखनाद

 

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया