नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
बलिउड अभिनेता अक्षय कुमार यतिबेला राजनीति र मनोरञ्जन दुवैतिरबाट चर्चामा छन् ।
हालै उनले आफ्ना छोरा आरभको विषयमा दिएको बयानले सामाजिक सञ्जालमा चर्चा पाइरहेकाे छ । अक्षयलाई एउटा कार्यक्रममा पत्रकारले तपाइँ आफ्नो कुन फिल्म छोरा आरभलाई देखाउन चाहनुहुन्न भनेर सोध्दा अक्षयले दिएको जवाफ यतिबेला चर्चामा रहेको छ ।
अक्षय कुमारले त्यस प्रश्नको जवाफमा मुस्कुराउँदै भने, ‘एउटा फिल्म छ जसलाई म मेरा बच्चाहरुलाई देखाउँन चाहँदिन, र त्यो फिल्म ‘गरम मसाला’ हो । किनकि यस फिल्ममा म एकैपटक ३-४ जना केटीहरुलाई डेट गरिरहेको थिएँ । याे फिल्ममा मेरो भूमिका निकै नै फरक किसिमको थियो ।’
अक्षयले अगाडि भने, ‘म उनीहरुलाई ती सबै कुरा बिर्सिन भन्नेछु किनकि आजभोलि केटीहरुसँग मेकअपको सामानभन्दा पनि बढी ट्र्याकिङ्गका सामानहरु हुन्छन् । त्यसैले उनीहरुले तिनीलाई सजिलै ट्र्याक गरिहाल्नेछन् । तसर्थ यी सब कुरामा ध्यान नदिनु ।’
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिएपछि अक्षय कुमारको नागरिकतालाई लिएर विभिन्न प्रश्नहरु उठाइएका थिए । विवाद बढेपछि अक्षय कुमार आफैँले आफ्नो नागरिकताका विषयमा स्पष्टिकरण दिनुपरेको थियो । अक्षयले आफूसँग क्यानडाको नागरिकता रहेको बताएका थिए । तर आफू ७ वर्षदेखि क्यानडा नगएको बताएका थिए ।
तर त्यसपछि पनि सामाजिक सञ्जालमा अक्षय कुमारले झूटाे बोलेको भन्दै विरोध भएको थियो । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनशट शेयर गर्दै अक्षय पाँच वर्ष अघि पनि क्यानडा गएको बताएका थिए । स्क्रिनशटमा बलिउड गायक मिका सिंहको ट्वीट थियो । जसमा लेखिएको थियो, ‘गुड मार्निङ्ग, अक्षय कुमार, राज कुन्द्रा, शिल्पा शेट्टी, राहुल खन्ना र किशोर कमारका साथ टोरन्टोमा एक पार्टीमा रमाइलो गरियो ।’ त्याे ट्वीट मार्च १४ मा गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।