पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
बलिउड अभिनेता अक्षय कुमारको सन् २०१९ मा पनि धेरै चलचित्रहरु आउँदैछन् । तर अहिले 'लक्ष्मी बम' नाम गरेको चलचित्र विशेष चर्चामा छ । अभिनेता अक्षय कुमार यो चलचित्रमा तेस्रोलिङ्गीको भूमिका निर्वाह गर्न गैरहेका छन् ।
यो चलचित्र सन् २०११ मा आएको तमिल चलचित्र 'मुनी : २ कञ्चना' को रिमेक हो । यो चलचित्रमा राघव लरेन्सले मुख्य भूमिका निर्वाह गर्दै निर्देशन पनि गरेका थिए ।
अक्षय कुमारले अभिनय गर्ने चलचित्रमा पनि उनले नै निर्देशन गर्ने भनिएको थियो तर उनले आत्मसम्मानका लागि यो चलचित्र छोडेको बताएका छन् ।
राघवले शनिबार मात्र सामाजिक सञ्जालमा पोस्ट गर्दै यो चलचित्र छोड्ने खबर दिएका थिए ।
Dear Friends and Fans..!I
— Raghava Lawrence (@offl_Lawrence) May 18, 2019
In this world, more than money and fame, self-respect is the most important attribute to a person's character. So I have decided to step out of the project, #Laxmmibomb Hindi remake of Kanchana@akshaykumar
@RowdyGabbar @Advani_Kiara pic.twitter.com/MXSmY4uOgR
‘तमिलमा एउटा पुरानो भनाइ छ : तिमी त्यो घरमा कहिले पनि नजाउ जहाँ तिम्रो सम्मान हुँदैन । मैले कञ्चना को हिन्दी रिमेक लक्ष्मी बम बाट हात झिक्नुको पछाडि धेरै कारण छ । मेरो जानकारी बिना नै चलचित्रको फर्स्ट लूक सार्वजनिक गरिनु पनि एउटा कारण हो,’ उनले आफ्नो पोस्टमा लेखेका छन् ।
‘म यो चलचित्रको निर्देशनबाट पछाडि हटे पनि अभिनेता अक्षय कुमारसँग भेट्नेछु र चलचित्रको स्क्रिप्ट दिन्छु । उनले आफूले चाहेको निर्देशक राख्न सक्छन् र मेरो तर्फबाट चलचित्रलाई सफलताको शुभकामना दिन चाहन्छु,’ उनले भने ।
Bringing you one bomb of a story,#LaxmmiBomb starring @Advani_Kiara & yours truly!Bursting in cinemas on 5th June,2020💥
— Akshay Kumar (@akshaykumar) May 18, 2019
Fox Star Studios Presents
A Cape of Good Films Production in association with Shabinaa Entertainment & Tusshar Entertainment House
Directed by Raghava Lawrence pic.twitter.com/vlXyK4HkNE
गएको १७ मे मा अक्षयले सामाजिक सञ्जालमा आफ्नो आगामी चलचित्र 'लक्ष्मी बम' को फर्स्ट लूक सार्वजनिक गरेका थिए । फर्स्ट लुक सार्वजनिक भएको २४ घण्टाभित्र नै राघव निर्देशनबाट टाढा भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।