नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ ।
तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले दिनमा अझै पनि १७ शो पाइरहेको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले बताए ।
तेस्रो सातासम्म आइपुग्दा चलचित्रले ६ करोड २५ लाखभन्दा माथिको कारोबार गरिसकेको छ ।
झण्डै ३ करोडको लगानीमा बनेको चलचित्रले लगानी भने प्रदर्शन अगावै उठाइसकेको थियो । प्रदर्शनबाट आएको रकम भने पूर्णरुपमा नाफा हो । चलचित्रलाई अस्ट्रेलिया र युरोपमा मात्रै ६० लाखमा बिक्री गरिएको थियो । यस्तै अब अमेरिका, लण्डन, जापान, कोरिया लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।
चलचित्रको समीक्षा नराम्रो आएका कारण कारोबारमा १० प्रतिशत असर परेको किरणले बताएका छन् ।
उनले सबैको कुरालाई मध्यनजर गर्दै आफूहरुले पनि आफ्नो चलचित्रमा केही कमजोरी भएको महसुस गरेको उल्लेख गरे । उनले अबको प्रोजेक्टमा यी सबै कुरालाई मध्यनजर गर्दै राम्रो चलचित्र बनाउने कोशिश रहने पनि बताएका छन् ।
अबको प्रोजेक्ट पनि मह सञ्चारको ब्यानरमै बन्ने उल्लेख गर्दै उनले निर्देशकको प्रसंगमा भने, ‘छोराको विवाह गर्ने बेला भएको छ । यतिबेला हामी बुहारीको खोजीमा छौँ । त्यो बुहारी काली पनि हुन सक्छ । गोरी, जनजाती, डल्ली, होची जस्तो पनि हुन सक्छ तर मन मिल्नु पर्छ ।’
दाल भात तरकारीलाई उनका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।
अन्त्यमा उनले दाल भात तरकारी कसैलाई नुन चर्को लाग्यो, कसैले भात गिलो भएको महसुस गर्नुभयो, कसैलाई काँचो लाग्यो भन्दै अबका दिनहरुम यी सबै कमजोरीलाई स्वीकार्दै समीक्षकहरुको समीक्षालाई पनि मध्यनजर गर्दै अघि बढ्ने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।