उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
इलाम – लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि इलाममा बासस्थानको पहल थालिएको छ ।
नेटवर्कको परियोजना सहकार्यमा उच्च पहाडी संस्थाले संरक्षणका लागि १ सय ८० रोपनी निजी जग्गा खरिद गर्ने निर्णय गरेसँगै सन् २०१९ भित्र बासस्थानको व्यवस्था हुने भएको हो ।
संस्थाले रेडपाण्डा रहेका क्षेत्रमा भएको खाली जग्गा खरिद गरेर त्यस क्षेत्रमा रेडपाण्डाका आहराका रुपमा रहेका मालिङ्गो, भालुचिन्डे लगायतका वनस्पतिको वृक्षारोपण गर्ने नेटवर्क परियोजना संयोजक दाबा तेन्जी योल्मोले बताउनु भयो ।
इलामको सन्दकपुर गाउँपालिकामा रहेकाे जौबारी क्षेत्रमा पुनःस्थापना केन्द्र खोलिने र डिभिजन वन कार्यालयकै नाममा जग्गा किनेर आफूहरूले संरक्षण गर्न लागेको संयोजक योल्मोको भनाइ छ । रेडपाण्डा पाइने क्षेत्रमा संस्थाले यस पटक ३ वटा ब्लक समेत थप्ने भएको छ । यसअघि १६ वटा ब्लक रहेका थिए । संरक्षणलाई प्रभावकारी बनाउन अरु ब्लक थप गर्न खोजिएको परियोजनाले जनाएको छ ।
हाल इलामका १८ सामुदायिक वनमा रेडपान्डा संरक्षण कार्यक्रम चलिरहेका छन् । रेडपाण्डाको चोरी–सिकारी नियन्त्रणका लागि अनुगमन, विद्यालयहरूमा क्लब गठन, रेडपाण्डाको अनुगमनका लागि क्यामेराबाट निगरानी गर्ने जस्ता कार्यक्रम संस्थाले चलाउँदै आएको समेत बताइएको छ । नेटवर्कले उच्च पहाडी संस्थाको सहकार्यमा सन् २००७ देखि नै इलाममा रेडपाण्डा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।