रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – मुख्यमन्त्री लालबाबु राउतले संघीय लोक सेवा आयोगबाट स्थानीय तहका लागि गरिएको विज्ञापन प्रति आक्रोश व्यक्त गर्नु भएको छ ।
प्रदेश समन्वय परिषद्को शुक्रबार बर्दिवासमा आयाेजित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावनाविपरीत समावेशितालाई लत्याउँदै माग गरेको विज्ञापन स्वीकार्य नहुने चेतवनी दिनु भयो ।
संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत भइरहेको गतिविधिविरुद्ध कानुनी उपचार खोज्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, 'संघीयताको अर्थ खुला शासन प्रशासन हुनु पर्दछ तर संघीय सरकारले त्यसमाथि अंकुश लगाउने र समावेशितालाई लत्याउने प्रयास गरिएको छ त्यो सहय हुदैन हामी कानुनी उपचार खोज्छौ ।'
संघीय निकायहरुले एक पछि अर्को अधिकार खोस्ने प्रपञ्च गरी रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले स्थानीय तहका प्रतिनिधिहरुलाई हातेमालो गर्न आग्रहसमेत गर्नु भयो । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा आयोजना गरिएको समन्वय परिषदको बैठकमा स्थानीय तहका प्रमुखले आ–आफना सुझाव राख्नु भएको थियो ।
प्रमुखहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहले समन्वय नगरे सम्म विकास निर्माणले गति लिन नसक्ने बताउनुभयो ।
आफनो अधिकार खोज्दा कर्तव्यको समेत पालना गर्नु पर्ने सुझाव दिदै उहाँले बजेट निर्माणको क्रममा संघीय र प्रदेश सभा सदस्यहरुलाई समेत सहभागी गराउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश विकासको जिम्मा स्थानीय तह र प्रदेश सरकार दुवैको रहेकोले मिलेर बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, वन उद्योग तथा पर्यटन मन्त्री रामनरेश राय, स्थानीय तहका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।