नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् ।
कालिकास्थानमा रहेकाे नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय बर्सेनि पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालिको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए ।
कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले सञ्चालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालती फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत-मल्लिका’को विशेषणले सम्बाेधन गरेका थिए ।
कार्यक्रमको थालनी भजनबाट भएको थियो । भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए । गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन् । अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन् ।
कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सृजना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो । शान्ति ठटालले प्रशंसकहरूको अनुरोधका कारण उनले ‘नझार आँखाबाट कसैका प्रीतहरू’ बाेलकाे गीत पनि गाइन् । ।
शशी ठटालले लेखेकाे गीत ‘मायालुले सम्झे कि कसो’ प्रस्तुत गरेर टुंगिएकाे कार्यक्रममा आउँदाे पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुने जानकारी पनि गराइएको थियो ।
शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।