नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – कोरियन भाषा परीक्षामा अनियमित कार्य गर्ने १५६ जना पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिन खोज्ने १५६ जना पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकरण भण्डारीले जानकारी दिनुभयो ।
यस्तै भाषा परीक्षाका लागि आवेदन दिएकामध्ये ८ हजार १ सय ४१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जना मात्रै परीक्षामा उपस्थित भएका हुन् ।
हिजो शनिबार र आज आइतबार दशौं कोरियन भाषा परीक्षा भएको हो । भाषा परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।
भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीको दोस्रो चरणमा सीप परीक्षण हुने छ । सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्र कोरियाको रोजगारीका लागि आवेदन दिन पाउनेछन् ।
यस वर्ष कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी गरी जम्मा १० हजार ५ सय परीक्षार्थी भाषा परीक्षामा छनोट हुनेछन् । त्यसमध्येबाट सीप परीक्षणमा कति छनोट गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको शाखाका प्रवक्ता भण्डारीले बताउनुभयो ।
आउँदो असार १३ गते नतिजा प्रकाशन गर्ने र त्यही बेला नै दोस्रो चरणको सीप परीक्षणको परीक्षा कहाँ र कसरी हुने भन्ने जानकारी दिइने उहाँको भनाई छ । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।
रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् । परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।