दाजुभाइको नमुना किवी फार्म

 असार ७, २०७६ शनिबार ११:५:५२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाका एकाघरका दाजुभाइले जिल्लामै नमुना कृषि फारम सञ्चालनमा ल्याएका छन् ।

दाजुभाइ होमबहादुर मगर र रुद्रबहादुर मगर ८ सय हेक्टरमा व्यवसायिक किवी फार्म हेर्दै रहरलाग्दो देखिन्छ । उहाँहरुलाई अरु दुई जना दाजुहरुले साथ दिएका छन् । 

परिवारका दाजुभाइ सल्लाह गरेर किवी फार्म सञ्चालनमा ल्याएको रुद्रबहादुर मगरले बताउनुभयो । उहाँले दुई दाजुभाइ फार्ममा काम गर्ने र अरु दुई जना काठमाण्डौमा रहेर बजार व्यवस्थापन लगायतका काम भइरहेको जानकारी दिनुभयो । 

किवी फार्ममा भेटिएका रुद्रबहादुर र होमबहादुरले किवीले आम्दानी दिन थालेपछि मेहनतको फल आउनेमा ढुक्क रहेको बताउनुभयो । परम्परागत खेतीले व्यावसायिक बन्न नसकेपछि किवीतर्फ लागेको रुद्रबहादुरको भनाइ छ । 

उनीहरुको प्रगतिदेखेपछि जिल्लाका अन्य किसानहरु समेत किवीको परीक्षण गर्न थालेका छन् । खिजीदेम्वा, सिद्धिचरण नगरपालिकामा समेत दुई ओटा किवी फार्म सञ्चलानमा आएका छन् । मगर दाजुभाइको किवी फार्ममा अहिले ३ सय बढी बोटमा लटरम्म किबी फलेका छन्  ।

सुरुमा रहरले रोपेको किवीले अहिले राम्रो आम्दानी दिन थालेको कृषक होमबहादुर मगरले बताउनुभयो । सुरुका केही वर्ष स्याहार गरेपछि किवीले फल दिन थाल्छ  किबीले १५ वर्षसम्म निरन्तर फल दिने कृषि बिज्ञ बताउँछन् । 

किवीमा समान्य खालका कुहिने रोगबाट जोगाएर बजारीकरण गर्न सके राम्रो भए आम्दानी हुन कृषक रुद्रबहादुर मगर बताउनुहुन्छ । समुद्री सतहबाट लगभग १२ सय  मिटरदेखि २४ सय  मिटरको उचाइसम्म किवी खेत गर्न सकिन्छ । किवीबाट जुस, जाम, तथा वाइनसमेत बनाइने गरिन्छ ।

यो फल पोषण सुधारका साथै पेट सम्बन्धीका रोगहरु निमोनिया, दम, रक्तचाप, मधुमेहजस्ता धेरैथरीका रोगको उपचारमा समेत उपयोगी हुने विज्ञहरु बताउँछन् । जिल्लामा यस्ता खालका किवी खेतीतर्फ कृषकहरुको आकर्षणसमेत बढ्न थालेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्राविधिक सहायक टीका बानियाँले बताउनुभयो ।

किवी गाउँघरमै प्रतिकेजी ७ सय रुपैयाँसम्म बिक्री हुने गर्छ । फागुन–चैत महिनामा फूल फुल्ने र कात्तिक–मङ्सिर महिनामा फल टिप्न सकिने यस फलको धेरैथरिका जातहरु विकास भएका छन् । किवीको व्यावसायिक विकासका लागि सरकारले अनुदान तथा बजारीकरणमा सहयोग गरे किसानहरु व्यावसायिक हुने किसान बताउँछन् । 

मगरदाजुभाइले हेवाइ, बरुनो, अलिसन, अण्वुट, मोन्टी र ग्रासी लगयतका जातका किवी लगाएका छन् । त्यसमध्ये हेवाइले फद दिइरहेको छ । त्यस्तै भाले जातमा कोही, टुमोरी र माटुवा जात छन् । किवीका विभन्न जात जिल्लामा खेती सुरु गरिए पनि कृषि ज्ञान केन्द्रसँग भने आधिकारिक तथ्यांक नरहेको केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया