प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ : मन्त्री विष्ट

 असार ९, २०७६ सोमबार १३:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गर्नुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको पनि बताउनुभएको हो । 

स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उहाँले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल राष्ट्र बनाउनेतर्फ  सरकार गम्भीर रहेको बताउनुभयो ।

आईटी, कृषि, वन, पर्यटन लगायतका क्षेत्रलाई जोडेर आउँदो आर्थिक वर्षमा कम्तिमा ५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको भन्दै आउँदा केही दिनमा क्षेत्रगत रोजगारीको संभावना प्रस्तुत गर्ने पनि बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया