नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६, ढाँडफेदीकुनाका श्रीकृष्ण घिमिरेले टर्की, कडकनाथ कुखुराका साथै बट्टाई चरा पाल्नुभएको छ ।
घिमिरेले निबोटेफाँटमा आफूले सञ्चालन गरेको घिमिरे एकीकृत कृषि फर्ममा व्यावसायिक माछापालनसंगै टर्की, कडकनाथ जातको कुखुराका साथै बट्टाई चरा पाल्नुभएको हो । माग र मूल्य दुवै राम्रो भएकाले आफूले माछापालनसँगै टर्की, कडकनाथका साथै बट्टाई चरा पालनमा जोड दिएको बताउनुभयो ।
‘टर्की, कडकनाथ र बट्टाई चरा पालेर मनग्य कमाउन सकिन्छ । बजारमा टर्की, कडकनाथ र बट्टाई चराको मासुको माग र मूल्य दुवै उच्च छ’, उहाँले भन्नुभयो ।
घिमिरेले डेढ रोपनी जग्गामा झण्डै ४ लाख रुपैयाँ खर्चेर ५ कोठासहितको एउटा आधुनिक खोर बनाउनुभएको छ । उहाँका खोरमा अहिले ३० वटा टर्की, ५० वटा कडकनाथ जातको कुखुरा र डेढ सय बट्टाई चरा रहेका छन् । अहिले फार्मबाट टर्की, कडकनाथ र बट्टराई चरा बिक्री भइरहेको छ ।
उहाँले टर्की प्रतिजोडी ६ हजार रुपैयाँ, कडकनाथ जातको कुखुरा प्रतिजोडी ५ हजार र प्रतिजोडी बट्टाई चरा ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म बेच्दै आउनुभएको छ ।
बट्टाई चराको अण्डासमेत बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । ‘हाल दैनिक झण्डै ७० वटासम्म बट्टाईको अण्डा संकलन हुन्छ । प्रतिगोटा २५ रुपैयाँका दरले अण्डा बिक्री हुँदै आएको छ’, उहाँले थप्नुभयो ।
मागअनुसार आफूले टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको पनि घिमिरेले बताउनुभयो । ‘मागका आधारमा टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको छु’, उहाँले भन्नुभयो । उहाँका अनुसार फार्मको उत्पादन लमजुङसहित तनहुँ र गोरखामा खपत हुँदै आएको छ ।
आवश्यक ज्ञान, सीप लिएर टर्की, कडकनाथ र बट्टाइ पाल्न सके किसानले राम्रो आम्दानी लिन सक्ने घिमिरेले बताउनुभयो । विगत १० महिनादेखि आफूले टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको र यो अवधिमा २ लाख बढी आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो ।
घिमिरे जिल्लामा व्यावसायिक माछापालक किसानको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले फार्ममा ३ वटा पोखरीमा माछा पाल्दै आउनुभएको छ । अहिले उहाँले ३ वटा माछा पोखरी निर्माण गर्नुभएको छ । यस वर्ष फर्मबाट २ क्विन्टल माछा उत्पादन भएको र माछा बिक्रीबाट सम्पूर्ण खर्च कटाएर २ लाख बढी मुनाफा भएको उहाँले बताउनुभयो ।
उहाँले प्रतिकेजी ५ सय रुपैयाँका दरले उत्पादित माछा बिक्री गर्दै आउनुभएको छ । व्यावसायिक कृषि कर्ममा घिमिरेलाई परिवारको पनि साथ मिलेको छ । फर्ममा अन्य ३ जनाले रोजगारी समेत पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।