'शक्तिशाली तान्त्रिक' बन्न भन्दै अढाई वर्षीय बालकलाई बलि दिने झाँक्री जेल चलान

 असार ११, २०७६ बुधबार १०:३१:१३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - शक्तिशाली तान्त्रिक बन्न भन्दै अढाई वर्षीय बालकलाई बलिदिने झाँक्री जेल चलान भएका छन् ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बलिदिने ५५ वर्षका शत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।

गएकाे वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बलिचढाएका थिए । आर्यनको शव २४ गते बिहान घरनजिकैको बाँसघारीमा फेला परेको थियो ।

बालकलाई बलिदिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा  ६५ जनालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको थियो ।  उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया